विनोद चौधरी
विनोद चौधरी | |
---|---|
जन्म | काठमाडौँ, नेपाल | १४ अप्रिल १९५५
राष्ट्रियता | नेपाली |
पेशा | चौधरी ग्रुपका अध्यक्ष |
चिनारीको कारण | चौधरी ग्रुप |
जम्मा सम्पति | $१.४ अर्ब (२०७६)[१] |
जीवनसाथी | सारिका चौधरी |
सन्तान | ३ |
विनोद कुमार चौधरी (जन्म:१ वैशाख २०१२) एक नेपाली अर्वपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी समेत हुन्।[२]
वि.सं २०६९ सनलमा, उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्वपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर रहेको थियो। २०६९ साल देखिनै उनको कुल सम्पत्ति उल्लेखनीय वृद्धि आएको छ। वितरण, खुद्रा, मनोरञ्जन र निर्माणमा केन्द्रित आफ्नो व्यवसायहरू बाहेक, उनले परोपकारी काम, पुस्तक लेखन, र चलचित्र निर्माण समेत गरेका छन्।
प्रारम्भिक जीवन
विनोद कुमार चौधरीको जन्म नेपालको काठमाडौँमा एउटा मारवाडी परिवारमा वि.सं २०१२ वैशाख १ गते भएको थियो। उनका हजुरबुबा, भुरमल दास चौधरी एक उद्यमी थिए जसले कपडा व्यवसाय सुरु गरेका थिए। उनका बुबा पनि एक व्यवसायी थिए जसले आफ्ना हजुरबुबाको व्यवसायलाई अझै विकसित गरेका थिए। आफ्नो व्यापारिक जीवनको सुरुवातमा, चौधरीले पारिवारिक व्यवसायमा सामेल हुनु भन्दा थप शिक्षा लिने निर्णय गरेका थिए।
चौधरीले आफ्नो हजुरबुबा र बुबालाई प्रेरणाको रूपमा श्रेय दिएका छन्। उनी बलिउड अभिनेता अमिताभ बच्चन र रणबीर कपुरको प्रशंसक हुन्। उनले दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मन्डेलालाई त्यस देशमा स्वतन्त्रता दिएको र व्यापारी जहाङ्गीर रतनजी दादाभाई टाटा "टाटा" नामक महत्त्वपूर्ण कम्पनी निर्माण गरेकोमा प्रशंसा गरेका थिए।
= व्यापारिक जीवन
सुरुवात
उनका हजुरबुबा भुरमल दास चौधरी १९औँ शताब्दीमा राजस्थान, भारतबाट नेपाल बसाई सरेका थिए। २० वर्षको उमेरमा उनी नेपाल आएपछि उनले कपडाको कारोबार सुरु गरेका थिए। केही वर्ष पश्चात्, अर्थात् वि.सं १९९० को महाभूकम्प पछि, उनी औपचारिक रूपमा दर्ता गरिएको कपडाको कम्पनी सुरु गर्ने नेपालमा पहिलो व्यक्ति बनेका थिए। उनका बुबा लुनकरन दास चौधरीले कपडा व्यवसायको विकासलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय व्यापारिक भवन निर्माण कम्पनीको पनि स्थापना गरेका थिए।२०२४ सालमा लुनकरणदास चौधरीले खुद्रा भण्डार अरुण एम्पोरियमको स्थापना गरेका थिए जुन उनको सबैभन्दा सफल उद्यम थियो। अठार वर्षको उमेरमा, विनोद चौधरीले चार्टर्ड एकाउन्टेन पढ्न भारत जाने क्रममा, उनको बुबालाई मुटु रोग भएको पत्ता लागेको थियो र चिकित्सकहरूले उनलाई उनका पिताले परिवारको व्यवसाय चलाउन असमर्थ रहने बताएका थिए। परिवारमा जेठो छोरा भएको कारण उनले व्यवसायमा प्रमुखको रूपमा प्रवेश गरेका थिए।
सुरुमा उनले जापानको सुजुकी कार नेपालमा आयात गर्ने निर्णय गरेका थिए। एक युवा कपडा व्यवसायी भएकोले सुजुकीले उनीमाथि विश्वास नगरेको उनले लेखेका थिए र उनले कम्पनीलाई विश्वस्त बनाएको बताएका थिए। सुजुकीले उनी सहित अन्य चारजनालाई परिक्षणको सुजुकीको कार नेपालमा बेच्ने निर्णय गरेको थियो। ६ महिनामा सबैभन्दा धेरै कार बिक्री गराउनेलाई सुजुकीले विक्रेता बनाउने निर्णय गरेको थियो। चौधरीले पछि, जापानी विद्युतीय बहुराष्ट्रिय कम्पनी पानासोनिकसँग एउटा सम्झौता गरेका थिए जुन उनको पहिलो बहुराष्ट्रीय सम्झौता थियो।
चौधरी ग्रुप
चौधरी ग्रुप एक ब्यापारिक समूह हो जसलाई उनका बुवा लुनकरणदास चौधरीले स्थापना गरेका थिए। सन् १९८४ मा नेपालमा परिचय गराइएको तैयार चाउचाउको ब्रान्ड "वाई वाई"लाई कम्पनीले सर्वाधिक बिक्री गराउन सफल भएको छ। चौधरीले २३ वर्षको उमेरमा आफ्नो परिवारको कम्पनीको पदभार ग्रहण गरेका थिए। छिट्टै यसको लोकप्रियमा वृद्धि भएको थियो थाइल्यान्डको कम्पनीद्वारा उत्पादित वाइवाई चाउचाउलाई चौधरीले नेपालमा बिक्री गर्ने निर्णय गरेका थिए र पछि उनले यसको लागि काठमाडौँ एक उत्पादन कारखाना समेत निर्माण गरेका थिए। नेपालमा वाइवाई चाउचाउको बिक्रीवितरण गर्नु अगाडि उनले थाइल्यान्ड भ्रमण गरेका थिए जहाँ उनले वाइवाई चाउचाउ निर्माता कम्पनीसँग सम्झौता गरेका थिए। उनी कम्पनीसँग मिलेर काम गर्न चाहन्थे, तथापि मूल कम्पनीले वाइवाईलाई नेपालमा ल्याउने कुरामा विश्वस्त हुन सकेका थिएनन्। कम्पनीसँगको सहकार्यमा उनले चाउचाउ निर्माण प्रक्रियाको समेत अध्ययन गरेका थिए।
वि.सं २०६९ सालमा, अमेरिकी पत्रिका फोर्ब्सले उनलाई अर्बपतिहरूको सूचीमा समावेश गरेको थियो जहाँ उनी नेपालको पहिलो अर्वपति बन्न सफल भएका थिए। सन् २०१९ मा, फोर्ब्सले सार्वजनिक गरेको सूचीमा १,३४९ औँ स्थानमा उक्लिएका थिए। चौधरी ग्रुपको मालिकको रूपमा उनी सन् २०१५ मा, फोर्ब्स एसियाको आवरणमा देखा परेका थिए। सन् २०१८ मा, उनको सम्पत्ति २० करोड अमेरिकी डलरले वृद्ध भएको थियो। उनका अनुसार, चौधरी ग्रुपमा ७००० मानिसहरू आवद्ध रहेको र यसको सञ्जाल विभिन्न १९ देशहरूमा रहेको बताएका थिए।
अन्य व्यवसाय
सन् १९९५ मा, चौधरीले दुबई सरकारको नाबिल बैङ्कमा नियन्त्रणको लागि खरीद गरेका थिए। यस वैङ्कमा चौधरी ग्रुपको ५०% बढीको सेयर स्वामित्व रहेको छ। उनले सन् १९९० मा सिङ्गापुरमा सिनोमेटिभ समूहको सुरुवात गरेका थिए। सिनोभेसन समूह पहिलो व्यापक बहुराष्ट्रीय नेपाली कम्पनीहरू मध्ये एक हो। कम्पनी होटेल र रिसोर्ट, वन्यजन्तु र पर्यटन, खाद्यान्न र पेय पदार्थ, घर जग्गा, सिमेन्ट र वित्तीय सेवामा संलग्नता रहेको छ। सिजीले ताज होटेल समूहको साथ संयुक्त लगानीमा चासो देखाउँदै दुबई र काठमाडौँमा सेवा सञ्चालन गरेको छ।
राजनीति
सुरुवात
सन् १९७९ मा उनको पहिलो बहुराष्ट्रिय सहयोगका लागि नेपाल सरकारको इजाजत पत्र आवश्यक परेको थियो भने तात्कालिक समयमा सूर्यबहादुर थापा सत्तामा रहेका थिए। थापाले चौधरी र उनका बुवालाई "पञ्चायत शासन कायम गर्ने अभियानको लागि आर्थिक सहयोग गर्न" सल्लाह दिएका थिए भने उनीहरूले थापाको राजनीतिक अभियानलाई समर्थन गर्ने निर्णय गरेका थिए। उनको पतन पछि चौधरीले धीरेन्द्र शाहको सम्पर्कमा रहेका थिए। २०४६ अर्थात् पहिलो जनआन्दोलनमा उनी नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवाद (नेकपा-एमाले) सहित संसदीय दलहरूसँग नजिक भएका थिए। २०५० मा उनी आर्थिक नीतिको मस्यौदामा काम गर्नमा संलग्न भएका थिए जसले गर्दा उनी २०६४ मन पार्टीले मनोनित गरेको संविधानसभाको सदस्य बनेका थिए।
नेकपा एमाले
उनी एकीकृत मार्क्सवादी लेनिनवाद (नेकपा-एमाले) को प्रतिनिधित्व गर्दै नेपालको संसदको सदस्य थिए। २०६४ सालमा एमालेले उनलाई सभासद बनाएको थियो। प्रतिनिधिसभा निर्वाचन, २०७४ अघि उनी काङ्ग्रेसमा प्रवेश गरेका थिए।
नेपाली काङ्ग्रेस
वि.सं २०७४ सालमा उनी एमाले छाडेर शेरबहादुर देउवाको नेतृत्वमा रहेको काङ्ग्रेसमा आवद्ध भएका थिए। संविधानसभा निर्वाचन, २०६४ नेकपा एमालेबाट समानुपातिक सांसद् रहेका उनी २०७४ मा, नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेद्वार बनेका थिए। नेपाली काङ्ग्रेसका अनुसार, यसमा आवद्ध भएका उनले दलमा महत्त्वपूर्ण योगदान दिएका थिए।
पुरस्कार
सन् मा उनलाई श्री श्री विश्वविद्यालयले परोपकारी कार्यमा उल्लेखनीय योगदानका लागि सम्मानित गर्दै उनलाई मानार्थ उपाधि विद्यावारिधि प्रदान गरेको थियो।[३] सन् २०१६ मा उनलाई एसिया पुरुषको रूपमा एक पुरस्कारद्वारा सम्मानित गरिएको थियो[४] भने पछि सोही वर्ष फ्रोस्ट एन्ड सुलिभान ग्रोथ, इनोभेसन एन्ड लिडरसिस (जिआइएल) पुरस्कारबाट सम्मानित भएका थिए।[५] सन् २०१९ मा, उनलाई होटेलिभेटले लाइफटाइम अचिभमेन्ट पुरस्कारद्वारा सम्मानित गरेको थियो।[६]
सन्दर्भ सामग्रीहरू
- ↑ "विनोद चौधरी झन् धनी, फोर्ब्सको सूचीमा ६ स्थान उक्लिए"। नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ग्लोबल विजनेश समिटलाई सम्बोधन गर्ने" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "चौधरी समूहका अध्यक्ष विनोद चौधरीलाई श्री श्री विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि" (नेपाली) भाषा)। बिजमाडौँ। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "विनोद चौधरी र खिलराज रेग्मीलाई अमेरिकामा सम्मान, चौधरीलाई 'एसियन म्यान अफ द इयर'" (नेपाली) भाषा)। कर्पोरेट नेपाल। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "ग्रोथ, इन्नोभेसन एन्ड लिडरसिप सम्मेलन बुधबार काठमाडौँमा हुने, विनोद चौधरीलाई सम्मान गरिने"। बिजमाडौँ (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ जनवरी २०२१।
- ↑ "युद्धका बेला पनि लगानी गरेको भन्दै श्रीलङ्कामा विनोद चौधरीको सम्मान, 'ताज मेरो अवसर थियो'" (नेपाली) भाषा)। बिजमाडौँ। सङ्ग्रह मिति २१ जनवरी २०२१।