सामग्रीमा जानुहोस्

बृहदारण्यक उपनिषद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बृहदारण्यकोपनिषदबाट अनुप्रेषित)

बृहदारण्यक उपनिषद महत्त्वपूर्ण उपनिषद हो जसको प्रमुख ऋषि याज्ञवल्क्य हुन्। सामवेदीय तलवकार ब्राह्मण अन्तर्गत वर्णित यो उपनिषद् महत्त्वपूर्ण छ। यसको शैली अत्यन्त क्रमबद्ध र युक्तिपूर्ण छ। यसमा तत्त्वज्ञान र तदुपयोगी कर्म तथा उपासनाहरूको सुन्दर वर्णन छ्। यो अत्यन्त प्राचीन उपनिषद हो यसमा ब्रह्म, माया, ईश्वर, अविद्या, जीव तथा जगत् ब्रह्माण्डको बारेमा विशेष कुराहरू छन् | अतः यो दार्शनिक उपनिषद हो |यस्मा आदि शंकराचार्य द्वारा भाष्य पनि लेखिएको छ । आकारका दृष्टिले यो सबैभन्दा ठुलो उपनिषद् हो । यो शतपथ ब्राह्मणको एक अंश हो । महर्षि याज्ञवल्क्य यस उपनिषद्का तत्त्वज्ञ उपदेष्टा हुन्, यसमा नीतिपरक, ब्रह्मपरक, सृष्टिपरक विषयहरूको विषद विवेचन पाइन्छ । सबै प्राणीका हृदयमा एउटै परमात्माको निवास छ र त्यो अमर एवं अविनाशी छ भन्ने कुरा पनि यसले उद्घोष गरेको छ ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौँ : अभिनव प्रकाशन