चामल
घाँस प्रजाति अन्तर्गत पर्ने एसियाली धान ('ओरिजा साटिभा') र अफ्रिकी धान ('ओरिजा ग्लेबेरिमा') को बिउलाई चामल भनिन्छ। यो धानको बोक्रा हटाएपछि प्राप्त हुने गर्दछ। अन्नको दानाको रूपमा मुख्यतया एसिया र अफ्रिका लगायत संसारभर विश्व जनसङ्ख्याको ठूलो भागद्वारा खाने प्रमुख भोजन हो। उखु (१.९ बिलियन टन) र मकै (१.० बिलियन टन) पछि चामल (सन् २०१४ मा ७४१.५ मिलियन टन)[१] संसारको सबैभन्दा बढी उत्पादन हुने उपयोगी कृषि वस्तु हो।[२]
मानव उपभोगको लागि मात्र नभएर उखु र मकैको बालीको ठूलो भागलाई बहुउद्देश्यको परिपूर्तिको लागि प्रयोग गर्ने गरिन्छ तर चामल मानव पोषण र क्यालोरी मात्राको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण खाद्यान्न हो जसले संसारभरि मानव जातिद्वारा खपत गर्ने क्यालोरीको पाँचौ हिस्सा प्रदान गर्दछ। चामलको विभिन्न किसिम, पकाउने विविधता र परिकारमा क्षेत्रीय भिन्नता रहेको छ।
एकदलीय वनस्पति धानलाई सामान्यतया वर्षेबालीको रूपमा रोप्ने गरिन्छ, हुनत उष्णकटिबन्धीय क्षेत्रहरूमा धान बाह्रमासे बालीको रूपमा समेत रोप्ने गरिएको छ।[३] धानको बिउलाई राम्ररी संरक्षण गरेर राखेमा यसले ३० वर्षसम्म बाली उत्पादन गर्न सक्छ। धानको खेती कम श्रम लागत र बढी वर्षा हुने देशहरू र क्षेत्रहरूको लागि पूर्ण रूपमा अनुकूल हुन्छ, किनभने धानको खेती गर्नको लागि पर्याप्त मात्रामा पानीको आवश्यकता हुने गर्छ। यद्यपि, पानीलाई नियन्त्रण गर्नसक्ने प्रणालीको उपयोग गरेर पहाडी क्षेत्र र ढलानमा समेत व्यावहारिक रूपले धानको खेती गर्न सकिन्छ। धानको मूल प्रजाति एसिया र अफ्रिकाको भूभागसँग सम्बन्धित भए पनि शताब्दीदेखि हुँदै आएको व्यापार र निर्यातले गर्दा संसारको कयौं संस्कृतिहरूमा यसले स्थान पाइसकेको छ। चामलमा फाइबर, भिटामिन, क्यालसियम, आइरन, थायमिन र खनिज जस्तो पोषक तत्वहरू विद्यमान हुन्छ। नेपालमा उत्पादन हुने जुम्ली मार्सी र बासमती चामल लोकप्रिय रहेको छ।[४]
विभिन्न भाषामा नाम
[सम्पादन गर्नुहोस्]संस्कृतमा चामललाई 'तण्डुल', मैथिलीमा 'चउर' र तमिलमा 'अरिसि' भन्ने गरिन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "World Rice Production by Country", एटलस बिग (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०९-२१।
- ↑ "उत्पादन कम, खपत बढी", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२१।
- ↑ "धान उत्पादन अहिलेसम्मकै उच्च, खाने भुँडी बढ्दा चामलको आयात बढ्यो", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२१।
- ↑ "मार्सी धान जोगाउनै मुस्किल", शिलपत्र (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२१।