चौतारा साँगाचोकगढी नगरपालिका
स्वरूप
चौतारा साँगाचोकगढी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४६′उ ८५°४२′पू / 27.767°N 85.700°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुपाल्चोक |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | कृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | सीता थापा (नेकपा (एकीकृत समाजवादी)) |
क्षेत्रफल | |
• जम्मा | १६५.२४ किमी२ (६३.८० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४२,६६८ |
• घनत्व | २६०/किमी२ (६७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०११ |
वेबसाइट | आधिकारिक वेबसाइट |
चौतारा साँगाचोकगढी नगरपालिका नेपालको बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका तथा सदरमुकाम हो। यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग किलोमिटर रहेको छ। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका चौतारा, कुभिण्डे, सानोसिरुबारी र पिपलडाँडा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा स्याउलेबजार, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठूलोसिरुबारी गाउँ विकास समितिहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको कुल जनसङ्ख्या ४२,६६८ रहेको छ भने यहाँ ११,५९० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।